फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई निरन्तर सहयोग गर्ने राष्ट्रसंघको प्रतिवद्धता

(GMT+08:00) 2018-03-31 16:02:46

        संयुक्त राष्ट्रसंघले नेपाल सरकारलाई आफ्नातर्फबाट निरन्तर सहयोग गरिरहने जनाएको छ। 'संविधानमा उल्लिखित शान्त र समृद्ध संघीय नेपालको साझा उद्देश्य तथा सन् २०३० को दिगो विकास लक्ष्य प्राप्तिका लागि राष्ट्रसंघ नेपाल सरकारसँग निकट रहेर परामर्श र सहकार्यद्धारा योजना तर्जुमा तथा विकासका कार्यक्रम कार्यान्वयन गर्छ' नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयबाट शुक्रबार जारी वक्तव्यमा भनिएको कान्तिपुर अनलाइनले लेखेको छ।

        सञ्चारमाध्यममा प्रकाशित पछिल्ला समाचारका सन्दर्भमा संयुक्त राष्ट्रसंघीय आवासीय संयोजकको कार्यालयले यस्तो वक्तव्य जारी गरिएको जनाएको छ। नेपाल संयुक्त राष्ट्रसंघको एक सम्मानित सदस्य रहेको समेत उल्लेख गर्दै वक्तव्यमा भनिएको छ, 'शान्ति, सुरक्षा, मानव अधिकार तथा दीगो विकास लक्ष्य सम्बन्धित विश्व चुनौतीको सामना गर्ने सन्दर्भमा सरकारसँगको लामो र विश्वासपूर्ण सहकार्यको संयुक्त राष्ट्रसंघ उच्च मूल्यांकन गर्छ।'

जानकारी तथा लेखहरु