फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला नयाँ वर्षको १४ गतेदेखि काठमाडौँमा, सार्क मुलुकका उद्यमीको समेत सहभागिता रहने

(GMT+08:00) 2018-04-02 15:13:32

देशभरका लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न 'नेपाल १४ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव' आगामी वैशाख १४ देखि १८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले पत्रकार सम्मेलनमा स्वदेशी मौलिकता रहेका विभिन्न वस्तु तथा सेवाको प्रदर्शन गरिने महोत्सवमा गरिने जानकारी गराएको छ। महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले प्रदर्शनीमा सार्क मुलुकका भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका तथा चीनका उद्यमीको समेत सहभागिता रहने जानकारी दिनुभयो। आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास भन्ने मूल नारा रहेको प्रदर्शनीमा ग्रामीण भेगबाट पनि उद्यमीको सहभागिता हुने जनाइएको छ।

प्रदर्शनीमा देशभरका स्वदेशी औद्योगिक वस्तुको बजार प्रवद्र्धन गरी उद्यमी–उद्यमीका बीच व्यावसायिक सम्बन्ध विस्तार गराउने, उद्यमीबीच अनुभव आदानप्रदान गराउने, औद्योगिक विकासका लागि नयाँ प्रविधि, कृषि औजार तथा प्रविधि एवं नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगका लागि प्रचारप्रसार गरिने बिजमाण्डु अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु