फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका वन्यजन्तु आरक्षमा शिकार खेल्न विदेशीहरूको भीड

(GMT+08:00) 2018-04-02 15:16:20
ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार 'ब्लक'मा पर्यटक शिकार गरिरहेका छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले १० नाउर र ६ झारल शिकारको अनुमति दिएको छ । शिकारका लागि पहिलो टोली यही चैत ५ गते आरक्ष पुगेको थियो। आउँदो वैशाख १७ गते अन्तिम टोली शिकार गर्न जाने आरक्ष कार्यालयले जनाएको छ।

विदेशी शिकारी सहितको टोलीले १५ दिन शिकारमा बिताउने गरेको छ। पहिलो टोली शिकारपछि फर्कने तयारीमा रहेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो। शिकार कम्पनी नेपाल वाइल्ड लाइफ सफारिज, हिमालयन सफारिज, ग्लोबल सफारिज र ट्र्याक एण्ड ट्रेल्स प्रालिमार्फत शिकारी ढोरपाटन पुगेका हुन्। वाइल्ड लाइफले दुई नाउर, एक झारल, हिमालयनले दुई नाउर, ग्लोबलले तीन नाउर, एक झारल र ट्र्याक एण्ड ट्रेल्र्सले तीन नाउर र तीन झारलको शिकार गराउनेछ।

शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे जस्ता देशबाट तालिम प्राप्त शिकारी ढोरपाटन आउने गरेका छन् । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी ६ 'ब्लग'मा शिकार खेलाउने गरिएको छ। शिकारीले रोजेको 'ब्लग'मा लगेर कम्पनीले शिकार खेलाउने गरेका छन्। बन्दुक, गोलीगट्ठा र सहयोगीसहित शिकारी आरक्ष आउने गरेको अधिकृत बरालले बताउनुभयो। उहाँका अनुसार खर्चिलो र साहसी शिकारीले टाढाका 'ब्लग'मा शिकार खेल्न रुचाउने गरेका गोरखापत्र अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु