फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"स्वर्ग मार्ग वन ह्वा"नामक तिब्बती इतिहास तथा संस्कृतिको प्रदर्शनी

(GMT+08:00) 2018-04-08 09:34:42

चीनको पैचिङस्थित राजधानी संग्रहालयमा फेब्रअरी सत्ताइस तारिखदेखि "स्वर्ग मार्ग वन ह्वा"नामक तिब्बतको इतिहास तथा संस्कृति प्रदर्शनी शुरु भएको छ। यो प्रदर्शनीमा निशुल्क प्रवेशको व्यवस्ता रहेको छ। यो प्रदर्शनी आगामी जुलाई बाइस तारिखसम्म रहनेछ।

प्राप्त जानकारी अनुसार, दुई हजार र अठार सय वर्ष अगाडीको अवधिमा तिब्बतको पश्चिमी भागले सिन च्याङ तथा दक्षिण एशियासँग घनिष्ठ सम्पर्क गरेको थियो। यसका साथै तिब्बतले सिन च्याङ हुँदै चीनको मध्य भाग, मध्य एशिया तथा युरोप र एशियाका घाँसे मैदानहरुसँग आवत-जावत गरेको थियो। ती मूल्यवान तिब्बती पूरातात्विक वस्तुहरुमध्ये दक्षिण एशियाका धेरै विशेषता रहेका छन्।

सातौं शताब्दीमा नेपालले भारतको कलाको अनुसरण शैलीलाई परिणत गरी आफ्नो जातिको कारकतत्व थपेको थियो। नेपालले तिब्बतसँग जोडेको कारण इतिहासमा नेपालमा उत्पादित मूर्तिहरु निरन्तर रुपमा तिब्बतमा आयात गरिएको थियो भने नेपालका कलाकारहरुले तिब्बत आएर बुद्धको मूर्ति बनाएका थिए।

जानकारी तथा लेखहरु