फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लुम्बिनीमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ देशको प्रतिनिधित्व हुने

(GMT+08:00) 2018-04-08 17:06:46
आगामी वैशाख १५ र १६ गते लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विश्वका २३ मुलुकका प्रतिनिधिले सहभागीता जनाउने भएका छन्। तीमध्ये १३ मूलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । हालसम्म भारत, जापान, फ्रान्स, यूके, पोल्याण्ड, मलेसिया, जर्मनी र श्रीलंका लगायतका राष्ट्रले सहभागिता जनाउने पक्का भएको अनलाइनखबरले जनाएको छ।

बैशाख १५ र १६ गते बौद्ध सम्मेलन र १७ गते बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्बिनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको जनाएको छ । कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार सम्मेलनमा १५ वटा मुलुकका बौद्ध प्रतिनिधिहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।

लुम्बिनीस्थित चाइना विहारमा हुनेसम्मेलनमा ६ सय प्रतिनिधिहरु सहभागी हुनेछन्। सम्मेलनको उद्घाटनका लागि बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुग्ने कार्यक्रम छ।

यसैबीच बुद्ध जयन्तीमा प्रदान गर्ने घोषणा गरिएको तर अबरुद्ध जस्तै रहेको अन्तर्राष्ट्रिय शान्ति पुरस्कारलाई यो वर्ष पनि अघि बढाउने निर्णय गरेको कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले जानकारी दिनुभयो। पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दुवै कार्यक्रमलाई ऐतिहासिक बनाउने गरी तयारी गर्न उपसमितिहरुलाई निर्देशन दिएको छ।

जानकारी तथा लेखहरु