फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एक वर्षभित्र बनाइसक्न मन्त्रीको निर्देशन

(GMT+08:00) 2018-04-08 17:08:10

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले निर्माणाधीन गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलको काम एक वर्षभित्र सम्पन्न गर्ने निर्देशन दिनुभएको छ। निर्माणाधीन विमानस्थलको अनुगमन गर्न पुगेका मन्त्री अधिकारीले भैरहवा विमानस्थलको काम मुलुकको प्रतिष्ठासँग जोडिएकाले जसरी पनि एक वर्षमा सम्पन्न गर्न निर्देशन दिनुभएको हो।

'यो देशको प्रतिष्ठासँग जोडिएको विषय हो। विमानस्थलको काम छिटो सम्पन्न गर्न सरकारबाट के कस्तो सहयोग चाहिन्छ त्यो भन्नुस्', अनुगमनको क्रममा उहाँले निर्देशन दिँदै भन्नुभयो, 'के कसरी गर्नुहुन्छ मलाई थाहा छैन तर मलाई एक वर्षभित्र यो आयोजना सम्पन्न गरेर दिनुपर्छ। एक वर्षभन्दा बढी कुर्ने समय छैन।'

उहाँले सबै मिलेर काम गरे अबको नौ महिनामा विमानस्थलको काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले समयमा काम सम्पन्न गर्न औजार, जनशक्ति र कामको सिफ्ट थप गर्नु परे थप गरेर काम गर्न निर्देशन दिनुभयो।

एडीबीले अगामी जुन महिनासम्म विमानस्थलको कुल ५० प्रतिशत काम सक्नुपर्ने विषयमा मन्त्री अधिकारीले ७० दिन समय रहेको भन्दै प्रत्येक दिनको कामको योजना, मूल्यांकन र परिणाम गनेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विमानस्थल आयोजनाका प्रमुख ओम शर्माले तालिका अनुसार काम भइरहेको बताउँदै मन्त्रीलाई निर्माणाधीन विमानस्थलको अवस्थाबारे ब्रिफिङ गर्नुभएको अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु