फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चैत ३० देखि भृकुटीमण्डमा पुष्प मेला

(GMT+08:00) 2018-04-11 14:43:43

पुष्प अर्थात् फूल व्यवसायको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले यही चैत ३० देखि आगामी वैशाख ३ गतेसम्म नेपालको राजधानी काठमाडौँमा पुष्प प्रदर्शनी मेला हुने भएको छ।

'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय' भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा पुष्प मेला आयोजना गर्न लागिएको नेपाल खबर अनलाइनले लेखेको छ।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारजस्ता सामग्री रहने आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले जानकारी दिएको छ। मेलामा फूलका ८२ कक्ष रहने छन् ।

एशोसिएशनका अध्यक्ष कुमार कसैंजु श्रेष्ठका अनुसार घरआँगन तथा बगैँचा सजाउन चाहनेहरुले मेलाबाट ज्ञान हासिल गर्न सक्ने छन्। नेपालमा विसं २०११ देखि शुरु भएको थियो । शहरीकरणको विकाससँगै पछिल्लो समय पुष्प व्यवसाय काठमाडौं उपत्यकासहित मोफसलमा समेत फैलँदै गएको छ।

हाल ४१ जिल्लामा करिब ६७८ पुष्प व्यवसाय सञ्चालनमा छन् भने यसमा ४३ हजारभन्दा बढी व्यक्ति संलग्न छन् ।

जानकारी तथा लेखहरु