फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिया खरिदका लागि आठ देशका व्यापारी इलाममा

(GMT+08:00) 2018-04-12 15:05:51

चिया उत्पादनको सिजन सुरु भएसँगै नेपालको चिया खरिद गर्न विदेशी नेपाल भित्रिन थालेका छन्। गुणस्तरीय चिया छनौट र खरिदका लागि उनीहरू इलाम पुगेको कारोबार अनलाइनले लेखेको छ। चियाको राजधानी मानिएको इलाममा हाल विभिन्न देशका नागरिकहरू (चिया व्यापारी) इलाम आएका छन्।

उनीहरूले चियाको स्वाद चाख्नुका साथै गुणस्तरिय र अर्गानिक चिया खोजी गर्दछन्। यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै ब्यापारीहरूको प्रयोग गर्नुपर्ने हुन्छ। सूर्योदय नगरपालिका र साना चिया ब्यवसायी किसानहरूको सहभागितामा इलाममा अर्गानिक चिया खोजी गर्दछन्। यहाँ उत्पादित चिया तेस्रो मुलुक निर्यात गर्न तिनै व्यापारीहरूको प्रयोग गर्नुपर्ने हुन्छ।

सूर्योदय नगरपालिका र साना चिया एत्पादक तथा ब्यवसायी किसानहरूको आयोजनामा इलाममा 'तेस्रो चिया महोत्सव' समेत सम्पन्न भएको छ। सूर्योदय नगरपालिका वडा नम्वर चार श्रीअन्तुमा भएको महोत्सवमा आठ देशका १७ जना नागरिकहरू समेत यहाँ आएका छन्। उनीहरूले यहाँ उत्पादन भएका बिभिन्न कम्पनीका चिया समेत चाखेका थिए।

आफुलाई मन परेको चियाको स्वाद सहित कम्पनी छनौट समेत गर्दै उनीहरूले चियाको अर्डर गर्नेछन्। २१ वटा साना चिया किसान तथा उद्योगीहरूले उत्पादन गरेको चिया स्वाद परिक्षणका लागि राखिएको थियो।

बिदेशी ब्यापारीहरूले समेत नेपाली चिया प्रति आफूहरूको आकर्षण वढेको वताएका थिए। गुणस्तरिय चिया छनौटकै लागि आफुहरू चियाको बुट्टा भएकै स्थानमा आएको वताउँदै उनीहरूले किसानलाई अव पनि गुणस्तरिय चिया उत्पादन गर्न हौसला प्रदान गरेका थिए।

पर्यटकिय स्थल अन्तुमा भएको कार्यक्रममा ब्यवसायीहरूले साना चिया किसानहरू अझैपनि तल परेको धारणा राखे। अन्तर्राष्ट्रिय वजारमा नेपालको चिया पुगे पनि भर्खरै मात्र नेपालमा चियाको आफ्नो लोगो पाएकोमा आफुहरू खुसी भए पनि एकलौटी ढंगबाट लोगो प्रयोग हुने उनीहरूको भनाइ छ। होड्पा र ठुला चिया उद्योगीहरूले लोगो आफुखुसी प्रयोग गर्ने भन्दै उनीहरूले चिन्ता ब्यक्त गरेका हुन्।

चिया उद्योगी सुजन नेपालले नेपाली चियाको लोगो ठुला ब्यपारी र उद्योगीको हातमा आएको र उनहिरूले मात्र यसलाई प्रयोग गर्ने धारणा राखेका थिए। सवै किसान र ब्यापारीहरूले गर्भ गर्नेगरि लोगो प्रयोग गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए।

जानकारी तथा लेखहरु