फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बुद्ध जयन्तीको तयारी

(GMT+08:00) 2018-04-12 18:17:00

२५६२ औँ बुद्ध जयन्ती मनाउने क्रममा आज अप्रिल १२ तारिख काठमाडौँमा पत्रकार सम्मेलन गरिएको छ। सो पत्रकार सम्मेलनमा नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबीन्द्र अधिकारीले आगामी बुद्ध पूर्णिमाका दिन २५६२ औँ बुद्ध जयन्ती मनाउनका लागि विभिन्न क्षेत्रका विज्ञहरु समेटेर ५६२ सदस्यीय आयोजक समिति बनाइएको जानकारी दिनुभयो।

मन्त्री अधिकारीले लुम्बिनीमा मनाउन लागिएको बुद्ध जयन्तीले नेपालको पर्यटनको प्रचारप्रसार गर्ने बताउनुभयो।

पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले संचारमाध्यमले बुद्ध जयन्तीका कार्यक्रमलाई उचित प्रचारप्रसार गर्न सहयोग गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु