फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा भारतीय पर्यटकभन्दा चिनियाँ पर्यटक धेरै

(GMT+08:00) 2018-04-13 15:28:43

सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो। सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो। तीन महिनामा नेपाल पर्यटक आउने पर्यटक संख्यामा चिनियाँले भारतीयलाई उछिनेको कारोबार अनलाइनले लेखेको छ। विगतमा सधैजसो भारतीय पर्यटक बढी आउने गरे पनि चिनियाँ पर्यटक नेपालमा बढी भित्रिएका हुन्। तीन महिनामा चिनियाँ पर्यटकको संख्या ४० हजार ९ सय ७८ छ। गत वर्ष सन् २०१७ को तीन महिनामा भने २९ हजार ६ सय ८४ मात्रै थियो। तीन महिनामा भारतबाट भने ३४ हजार ३ सय १० भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन्। गत वर्ष तीन महिनामा २ लाख ५३ हजार ९ सय ८४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। यही वृद्धिदर कायम रहे २०१८ को अन्त्यसम्ममा ११ लाख पर्यटक नेपाल भित्रिने छन्। २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अध्यागमन विभागका अनुसार २०१८ को पहिलो तीन महिनामा विमानस्थलसहित देशका अन्य नाकाबाट नेपाल भ्रमणका आउने पर्यटनको संख्यामा ११.४६ प्रतिशतले बढेको हो। संख्याका आधारमा ३२ हजार ८ सय ४४ ले बढी हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २ लाख १६ हजार नौ सय ९८ पर्यटक नेपाल भ्रमणमा आएका छन्। यसैगरी कञ्चनपुर नाकाबाट ७ सय २७, कैलाली नाकाबाट ९, रसुवा नाका हुँदै २७ सय ८४, भैरहवा नाकाबाट ६४ हजार ३ सय २, बाँके नाकाबाट १ सय ५२ र झापाको नाकाबाट १८ सय ६६ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। सन् २०१८ को पहिलो तीन महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या २१ हजार तीन सय ६९ छ। यो संख्या सने २०१७ को तीन महिनामा १९ हजार सात सय ६७ थियो। यसैगरी चौथौ बढी पर्यटक बेलायतबाट आएका छन्। बेलायतबाट सन् २०१८ को पहिलो तीन महिनामा नेपाल आउने पर्यटकको संख्या १५ हजार ३ सय ८१ रहेको छ।

जानकारी तथा लेखहरु