फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भरतपुर महानगर र चीनको सेन्ट्रल साउथ विश्वविद्यालयबीच सम्झौता

(GMT+08:00) 2018-04-13 15:31:37

चितवनको भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआन शैक्षिक सहकार्यको सम्झौता सम्बन्धी पत्रमा हस्ताक्षर भएको रातोपाटी अनलाइनले लेखेको छ।

यो सम्झौतासँगै भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर बृद्धि हुने विश्वास लिइएको छ। सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्यातिप्राप्त विश्वविद्यालय हो। स्नातकोत्तर र विद्यावारिधिमा २ सय १७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको यस विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरिब, असहाय तथा जेहेन्दार करिब २० जना विद्यार्थीलाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ।

भरतपुर महानगरपालिकाको तर्फबाट डा.विश्वास श्रेष्ठले यस सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गर्नु भएको थियो। सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपालमा पहिलोपटक भरतपुर महानगरसँग सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने बताउनुभयो।

त्यस्तै मेयर रेणु दाहालले यो अध्यापन मित्रता, दौत्यसम्बन्ध र सहकार्यलाई भरतपुर महानगरको तर्फ थप अघि बढाउनुपर्ने कुरामा जोड दिनुभयो। साथै चिनियाँ विकासका मोडललाई भित्र्याउन आफूहरु उत्सुक रहेको उल्लेख गर्नुभयो।

शैक्षिक सहकार्य सम्बन्धी हस्ताक्षर कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, पत्रकारहरु, विश्वविद्यालयको तर्फबाट सहप्राध्यापक सुन मे एवं डिभिजन प्रमुख छन छ्याङ्ग तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो।

जानकारी तथा लेखहरु