फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भृकुटीमण्डमा पुष्प मेला सुरु

(GMT+08:00) 2018-04-13 15:45:53

पुष्प अर्थात् फूल व्यवसायको विकास र विस्तारमा टेवा पुर्‍याउने उद्देश्यले आज चैत ३० देखि काठमाडौँमा पुष्प प्रदर्शनी मेला सुरु भएको छ। 'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय' भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा पुष्प मेला आयोजनाको उद्घाटन गर्दै नेपालका कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभयो।

कृषिलाई केही वर्षभित्र आत्मनिर्भर बनाएर आयातलाई प्रतिस्थापना गरेर स्वच्छ र स्वस्थ बनाउन बहस सुरु भएको उहाँले बताउनुभयो। यसका लागि केही राष्ट्रिय गौरवका केही आयोजना चाहिएको बताउनु भयो।

नेपालका विशेष कृषि उत्पादनले पर्यटन व्यवसायलाई पनि प्रवर्द्धन गर्ने मन्त्री खनालले औँल्याउनुभयो।

मेलामा मौसमी फूल, आलङ्कारिक बोटबिरुवा, सभा सम्मेलनका लागि प्रयोग गरिने कट फ्लावर, फूलको गानो, बीउबिजन, हरितगृह, कृषि औजारसँगै फूलका ८२ कक्ष रहेका छन् ।

जानकारी तथा लेखहरु