फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अब 'समृद्ध नेपाल र सुखी नेपाली' अभियान सुरू भएको प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2018-04-14 14:40:53

प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल र सुखी नेपाली' अभियान सरकारको संकल्प भएको बताउनुभएको छ। नयाँ वर्ष २०७५ को अवसरमा मुगुको राराबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न भएको बताउनुभयो।

प्रधानमन्त्री ओलीले २०७४ साल, उथलपुथल र घटनापूर्ण सालको रुपमा रहेको बताउनुभयो। '२०७४ साल महत्वपूर्ण राजनीतिक उपलव्धिको साल रह्यो' ओलीले भन्नुभयो, '०७४ सालमै राजनीतिक संक्रमणकालको अन्त्य भयो र जनपक्षीय, लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पायो। तीनै तहको निर्वाचन सम्पन्न भएसँगै संविधान सफल कार्यान्वयनको बाटोमा अघि बढ्यो। देशमा स्थायीत्वको नयाँ चरण आरम्भ भयो।'

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको लक्ष्य सामाजिक न्याय, लोकतन्त्र, बराबरी सुरक्षा, समान अवसर, सुशासन, समृद्धि, र जनताको जीवन सुखी पार्नु रहेको बताउनुभयो। 'के नेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्नहरुमा मैले पटक–पटक भन्दै आएको छु– नेपाल बन्छ, बनाउनै पर्छ', ओलीले भन्नुभयो।'

समृद्ध नेपाल निर्माणका लागि सबै एकतावद्ध भएको बताउँदै प्रधानमन्त्री ओलीले स्थानीय, प्रदेश र सङ्घीय तहसम्मै जनताको विश्वास प्राप्त प्रतिनिधिहरू नयाँ उर्जाका साथ काम गर्न तत्पर रहेको बताउनुभयो।

जानकारी तथा लेखहरु