फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालू वर्षको पहिलो त्रिमासिक अवधिमा चीनका केन्द्रिय व्यवसायहरुको स्थिर विकास

(GMT+08:00) 2018-04-16 16:30:38

आज अप्रिल सोह्र तारिख चीनको राज्यपरिषद् अन्तर्गत राष्ट्रिय पूँजी अनुगमन तथा व्यवस्थापन समितिका प्रवक्ताले पैचिङमा बोल्दै यस वर्षको पहिलो त्रैमासिकमा चीनका केन्द्रिय व्यवसायहरुको कूल आय त्रिसट्ठी खर्ब चिनियाँ युआन पुगेको र यो गत वर्षको सोही अवधिको तुलनामा आठ दशमलब सात प्रतिशतले बढी रहेको जानकारी दिएका छन्। ती प्रवक्ताका अनुसार, पहिलो त्रैमासिक अवधिमध्ये मार्च महिनामा चीनका केन्द्रिय व्यवसायहरुले कमाएको नाफा गत वर्षको सोही अवधिको तुलनामा सत्र दशमलब आठ प्रतिशतले बढेको छ।

चीनको राज्य परिषद् अन्तर्गत राष्ट्रिय पूँजीको अनुगमन तथा व्यवस्थापन समितिका प्रवक्ता फङ ह्वा काङका अनुसार, चालू वर्षको पहिलो त्रैमासिकमा चीनका केन्द्रिय व्यवसायहरुको आय स्थिरताका साथ बढेको छ। विद्युत, कोइला, मशिनरी, व्यापार लगायत व्यवसायहरुको आर्जन तुलनात्मक रुपमा छिटो बढेको छ भने पेट्रोल तथा रासायनिक उद्योग, इन्जिनेरिङ., यातायात तथा ढुवानी लगायत व्यवसायहरुको आर्जन स्थिरताका साथ बढेको छ।

जानकारी तथा लेखहरु