फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

# इन्द्रेणी # हङ्कङ् तथा मुख्यभूमिका विद्यालयका युवा प्रमुख मञ्च हङ्कङ्मा आयोजना

(GMT+08:00) 2018-04-16 16:41:52

राष्ट्राध्यक्ष सीले हामीसमक्ष चीन तथा समस्त विश्व सभ्यताका लागि चिनियाँ परम्परागत सँस्कृतिको महत्वबारे स्पष्टसँग अवगत गराउनुभयो। त्यसैगरी हाम्रो यस मञ्चको मुख्य विषय "चिनियाँ परम्परागत सँस्कृति" भन्ने रहेको छ। विभिन्न विद्यालयका प्रमुखहरूले राष्ट्राध्यक्ष सीको सम्बोधनको खास विषय बमोजिम विचार-विमर्श गर्नसक्ने भन्ने मेरो आशा रहेको छ।

मातृभूमिमा समाहित भएको बीस वर्षयता हङ्कङ् तथा मुख्य भूमि बीचको आवत-जावत दिनप्रति दिन घनिष्ट हुँदै आएको छ। शिक्षातर्फ हेर्दा मुख्य भूमि गएर अध्ययनरत् हङ्कङ्का विद्यार्थीहरूको संख्या पनि झन् झन् बढ्दै गएको देखिन्छ। मञ्चमा सहभागी हुनुभएका सछ्वान प्रान्तीय शिक्षा मन्त्रालयका उपप्रमुख श्रीमती फङ युले बितेका केही वर्षयता सछ्वान र हङ्कङ् दुवै स्थानका विद्यार्थीहरू बीचको आदान-प्रदान र आवत-जावत वर्षैपिच्छे बढ्दै गएको देखिन्छ। उहाँ यसरी भन्नुहुन्छ:

हाम्रो सछ्वान प्रान्तमा जम्मा पैंसट्ठी वटा विश्वविद्यालय, तीसवटा प्राथमिक र माध्यमिक विद्यालय तथा हङ्कङ्का तेइसवटा विश्वविद्यालय र एघारवटा प्राथमिक र माध्यमिक विद्यालय बीच पारस्परिक आदान-प्रदान र सहकार्य भइरहेको छ। हामी दुवैले जम्मा छवटा पेशागत विकास केन्द्रको स्थापना गर्नुका साथै हङ्कङ् स्टान्डर्ड सम्बन्धी बाईसवटा कक्षाको अनुसन्धान पनि चलाएका छौं।

दुई दिनसम्म चलेको उक्त मञ्चमा पैचिङ, शाङ्गहाई, क्वाङ तुङ, स छ्वान, फु चेन र ल्याउ निङ यी छवटा प्रान्त तथा शहरका बीसवटा प्राथमिक र माध्यमिक विद्यालयका युवा प्रमुखहरूले आ-आफ्नो लेख प्रकाशित गरेका अथवा विभिन्न टोलीमा सहभागी भएर विचार-विमर्श गरेको जस्ता तरिकामार्फत हङ्कङ्का दशवटा प्राथमिक र माध्यमिक विद्यालयका युवा प्रमुखहरूसँग चिनियाँ परम्परागत सँस्कृतिको उत्तराधिकार र शिक्षकको इज्जतलाई माथि उकास्ने उपाय र अनुभवबारे वैचारिक आदान-प्रदान गरेका थिए।


1  2  
जानकारी तथा लेखहरु