फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतसित दुवै देश सम्बन्धलाई स्वस्थ विकास पार्दै जान चीन इच्छुक

(GMT+08:00) 2018-04-16 18:22:09

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोह्र तारिख चीन र भारत दुवै देशबीच विस्तृत साझा हित रहेकाले द्विपक्षीय सहकार्यको निकै ठूलो निहित शक्ति रहेको कुरा बताउनुभएको छ। भारतसँगको सम्बन्धमा चीनले महत्व दिएको बताउँदै प्रवक्ता ह्वाले भारतसँग मिलेर दुवै देशबीचको सम्बन्धलाई स्वस्थ तथा स्थिर रुपमा विकसित पार्दै जान चीन इच्छक रहेको कुरा पनि औँल्याउनुभएको छ।

केही समयदेखि चीन र भारत दुवै देशबीच सरकार तहको आवत-जावत घनिष्ट रहेको देखिन्छ। गएको हप्ता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवं केन्द्रीय वैदेशिक मामिला कार्य समितिको कार्यालयका प्रमुख याङ चे छले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार दोभलसँग भेट-वार्ता गर्नुभएको थियो भने चीन र भारत दुवै देश बीच पाँचौं चीन-भारत रणनैतिक र आर्थिक सम्झौता-वार्ता आदि सम्मेलनको पनि आयोजना गरिएको थियो।

जानकारी तथा लेखहरु