फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#आँखीझ्याल# पैचिङ यान छिङका किसानहरूको हिउँदकालीन ओलम्पिक सपना

(GMT+08:00) 2018-04-20 17:14:15

उत्तर-पश्चिमी पैचिङ नगरपालिकाको यान छिङ क्षेत्र पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद 2022 को प्रतियोगिता स्थलमध्येको एक हो। यान छिङ क्षेत्रको स्की खेलमैदानमा स्थानीय किसानहरूबाट गठित स्वयं सेवक-सेविका स्की टोली छ। ती सबै अठार जना सदस्य किसान हुन् तर आफ्नो जन्मथलोमा हिउँदकालीन ओलम्पिक खेलकुदको आयोजना गर्ने कुराप्रति उनीहरूको सपना र इच्छा छ।

चालू वर्ष 34 वर्ष पुगेका को च्युन व्हाको घर यान छिङ क्षेत्रको चाङ शान यिङ बस्तीमा पर्दछ। पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुद 2022 को खेलमैदान र रंगशाला त्यो बस्तीमा निर्माण भइरहेको छ। को च्युन व्हा भन्छिन् "मसँग एउटा नयाँ सपना छ। किनभने मेरो उमेरको कारण हिउँदकालीन ओलम्पिक खेलकुदमा सहभागी हुने सम्भावना छैन। मैले "हाई थो च सिङ"नामक स्की टोलीको स्थापना गर्ने योजना गरेको छु। मैले पाँच छ वर्षीय बच्चालाई हुर्काउन थालेको छु। मेरा विद्यार्थीहरूले मलाई मेरो सपना साकार तुल्याउन मद्दत दिनसक्ने आशा मैले लिएको छु। स्की टोलीको तयारी क्रममा धेरै कठिन भए तापनि मैले तयारी कार्यलाई एकदमै राम्रो बनाउनसक्ने विश्वास लिएको छु।"

स्की मन परेका कारण को च्युन व्हा स्की खेलमैदानका एक कर्मचारी बनिन्। को च्युन व्हा स्की खेलमैदानको खजान्चीबाट स्की खेलमैदानको व्यवस्थापन क्षेत्रको अधिकृत बनिन्। कार्यालयभित्रको न्यानो वातावरणमा बसेर व्यवस्थापन कार्य गर्नु धेरैको विचारमा एक राम्रो काम हो। तर उनले आफ्नो कार्यक्षेत्र स्की प्रशिक्षणतर्फ मोडिन्। सन् 2013 मा प्रमाण पत्र पाएकी व्हाले चीनको स छ्वान प्रान्तको एक स्की खेलमैदानमा स्की प्रशिक्षकको काम गर्न थालिन्।

सन् 2015 जुलाईमा पैचिङले हिउँदकालीन ओलम्पिक खेलकुद 2022 को सफलताका साथ आयोजना गर्न निवेदन गरेको सूचना फैलिएको थियो। व्हाको जन्मथलो यान छिङ पैचिङ हिउँदकालीन ओलम्पिक खेलकुदका प्रतियोगिता स्थलहरूमध्येको एक हो। हिउँदकालीन ओलम्पिक खेलकुदको आयोजना गर्न निवेदन गरेको प्रतिवेदनमा चीन सरकारले अन्तर्राष्ट्रिय ओलम्पिक समितिलाई "तीन करोड चिनियाँ स्की तथा स्केटिङ खेलमा संलग्न हुने" भन्न प्रतिबद्धता गरेको थियो। व्हा तुरुन्तै जन्मथलो फर्किन् र स्की प्रशिक्षकको रूपमा त्यहीँ काम गर्न थालिन्। उनको प्रभावबाट धेरैले स्की तथा स्केटिङ खेलबाट ल्याइएको खुशीको अनुभव गरेका छन्।

को च्युन व्हाले लाङ एन कलगायत स्की मन पर्ने व्यक्तिहरूसँग राम्रो सम्बन्ध गाँसेकी छन्। सन् 2017 जुलाई एघार तारिख उनीहरूले हाई थो स्की टोलीको स्थापना गरेका थिए। अठार जना सदस्यको उक्त टोली चाङ शान यिङ बस्ती र वरिपरीका बस्तीहरूबाट बनेको छ। यो टोली पैचिङ नगरपालिकाको यान छिङ क्षेत्रमा स्थापना गरिएको पहिलो स्वयंसेवक स्की टोलो हो र साथै किसानबाट गठित पहिलो स्की टोली हो। यसका सदस्यहरूले आफ्नो स्की स्तरलाई माथि उकास्नुका साथै विभिन्न स्की खेलमैदानमा स्की तथा स्केटिङ खेल र संस्कृतिको प्रचार-प्रसार गर्न सक्रियताका साथ प्रयास गरिरहेका छन्। प्रचार-प्रसार कार्य जिम्मा लिने चाङ शान यिङ बस्तीका अधिकारी सुङ शु तुङ भन्नुहुन्छ "अभ्यासबाट हेर्दा यो स्की टोलीका दश जनाभन्दा बढी सदस्यले एक जनाको हिसाबबाट हेर्दा पाँच हजार पटक भन्दा बढीको अभ्यास गरेका छन्। मेरो विचारमा उनीहरूले ठूलो भूमिका निर्वाह गरेका छन्।"

स्की सौखिनलाई राम्रो सेवा उपलब्ध गराउनका लागि हाई थो स्की टोलीका सदस्यहरू चालू वर्षको मार्च महिनामा उत्तर-पूर्वी चीनको चि लिन प्रान्तको स्की खेलमैदानको अवलोकन गर्न गए। हाई थो स्की टोलीका प्रमुख लाङ एन क भन्नुहुन्छ "मेरो परिवारले मलाई धेरै समर्थन दिएको छ। हिउँदकालीन ओलम्पिक खेलकुद मेरो जन्मथलोमा आयोजना हुनालागेको पहिलो पटक हो। मैले भविष्यको हिउँदकालीन ओलम्पिक खेलकुदका लागि राम्रो तयारी गर्नुपर्छ।"

जन्मथलोमा आयोजना हुने हिउँदकालीन ओलम्पिक खेलकुदबाट याङ छिङ क्षेत्रका सर्वसाधारणको जीवनमा परिवर्तन हुनुका साथै उनीहरूसँग पनि एक साझा हिउँदकालीन ओलम्पिक सपना छ।

जानकारी तथा लेखहरु