फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

३० अर्बका १० ठूला उद्योगमा चीनको मात्र २७ अर्ब लगानी

(GMT+08:00) 2018-04-21 14:10:26

चालु आर्थिक वर्षको (२०७४/७५) नौ महिनामा ३० अर्ब ४१ करोड ५ लाख रुपैयाँ भन्दा बढीको १० ठूला उद्योग दर्ता भए। दर्ता भएका १० ठूला उद्योगमा चीनको लगानीमात्र २७ अर्ब ६ करोड ९० लाख रुपैयाँ रहेको उद्योग विभागको तथ्यांकमा छ। चीनले यो लगानी विभिन्न ६ वटा उद्योगमा गरेको हो। उसले जलविद्युत, होटल, सिल्क रोड, हर्बल लगायत कम्पनीमा लगानी गरेको हो।

देशमा स्थिर सरकार बनेसँगै विदेशी लगानीकर्ताहरु धमाधम उद्योग दर्ता गराउन आउनेक्रम बढ्न थालेको छ। चिनियाँ लगानीकर्ताहरुको लगानी गर्ने गन्तव्यमा नेपाल पनि प्राथमिकतामा पर्न थालेको तथ्यांकले देखाउँछ। साउनदेखि चैत २३ गतेसम्म दर्ता भएका २२६ उद्योगमा १० वटा ठूला उद्योगको रुपमा दर्ता भएका हुन्। भारत, संयुक्त राज्य अमेरिका (युएसए) र जापानको पनि लगानी रहेको रातोपाटी अनलाइनले जनाएको छ।

यसैबीच चालु आर्थिक वर्षको ९ महिनासम्म ३५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरको विदेशी लगानीका उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ। तीनै तहको चुनाव भएर सरकार समेत बनिसकेकाले विदेशी लगानीकर्तामा उत्साह देखिएको उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले जानकरी दिनुभयो। चैतमा मात्रै ३२ वटा उद्योग दर्ता भएका छन्। आठौ महिनासम्ममा (फागुन) १० वटा ठुला उद्योग दर्ता भएको विभागको हो। १० करोड रुपैयाँ भन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोड देखि २५ करोड रुपैयाँ सम्मका उद्योगलाई मझौला र २५ करोड रुपैयाँ भन्दा बढी लगानी भएको उद्योगलाई ठुला उद्योग मानेर विभागले दर्ता गरिएको छ।

जानकारी तथा लेखहरु