फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मे ११ मा नेपाल भ्रमणमा जाने

(GMT+08:00) 2018-04-21 14:11:42

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही वैशाख २८ गते नेपालको भ्रमण गर्नुहुने भएको छ। उहाँले नेपाल भ्रमणका क्रममा भगावन सीताको जन्मभूमि तथा भगवानको रामको ससुराली जनकपुर पुगेर त्यहाँको प्रसिद्ध जानकी मन्दिरको पनि दर्शन गर्ने कार्यक्रम छ। नेपालसँगको बिग्रेको सम्बन्ध सुधाको प्रयत्न स्वरुप मोदीको नेपाल भ्रमण हुन लागेको समाचार हिन्दुस्तान टाइम्सले छापेको छ।

मोदीको भ्रमणको नेपाली अधिकारीबाटै पुष्टि गर्दै हिन्दुस्तान टाइम्सले नेपालमा उच्चस्तरीय राजनीतिक भेटवार्ता पनि हुने जनाएको छ। ओली दिल्ली पुगेर फर्केको डेढ महिनाको बीचमा मोदी नेपाल आउन लागेको समाचार छ। ओली यही अप्रिल ६ देखि ८ सम्म भारत भ्रमणबाट फर्किनुभएको थियो।

मोदी नेपाल आउने भएपछि नेपाली पक्षले उहाँलाई जनकपुर भ्रमण गराउने तयारी पनि थालेको छ। मोदीको यो तेस्रो नेपाल भ्रमण हो। यसअघि उनी सन् २०१४ मा आउँदा अन्तिम समयमा जनकपुर जाने कार्यक्रम रोकिएको थियो। सन् २०१५ मा नेपालले संविधान जारी गरेपछि भारतीय पक्षले असन्तुष्टि जनाउँदै नेपाल ६ महिना नाकाबन्दी गरेको थियो। त्यसयता भारतले नेपालको संविधानको स्वागत पनि गरेको छैन। तर नेपालमा वाम गठबन्धनले बहुमतसहितको सरकार बनाएपछि मोदीले आफ्नो दूतकारुपमा विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर सम्बन्ध सुधारको कोशिस गरेको नेपालीअनलाइनहरूले लेखेका छन्।

जानकारी तथा लेखहरु