फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमाल आरोहणका लागि नेपाल उत्कृष्ट गन्तव्यः नेपालका पर्यटनमन्त्री

(GMT+08:00) 2018-04-21 14:13:24

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले हिमाल आरोहणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताउनुभएको छ। सगरमाथा आरोहण गरेको ४० औं वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा पर्यटन मन्त्री अधिकारीले हिमाल आरोहणका लागि नेपाल पहिलो गन्तव्य भएको बताउनुभएको हो।

'विश्व कै पर्यटकीय गन्तव्य हो नेपाल । यहाँको भू–बनोट, प्राकृतिक सम्पदा र हिमालय शृंखला पर्यटकका लागि पहिलो रोमाञ्चक दृश्य हो। यस दृश्यले विश्वलाई चकित पारेको छ,' पर्यटन मन्त्री अधिकारीले भन्नुभयो, 'हिमालय शृंखलाप्रतिको आकर्षण र विदेशीको मोह घटेको छैन । सगरमाथा आरोहणलाई व्यवस्थित प्रविधिमैत्री बनाउनु पर्छ।'

नेपाल पर्यटन बोर्ड र पर्वतारोहण संघले विश्वप्रसिद्ध हिमाल आरोहीको सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । सगरमाथा नेपालको पहिचान र गौरवसँग जोडिएको छ। सगरमाथाकै कारण विश्वमा नेपाल चिनिएको पर्यटन मन्त्री अधिकारीको भनाइ छ।

सगरमाथा आरोहणको ४० वर्ष पूरा भएको अवसरमा आठ विश्वप्रसिद्ध हिमाल आरोहीलाई संयुक्त रुपमा सम्मान पनि गरिएको नागरिकन्यूज डटकमले लेखेको छ। सम्मानित आरोहीले सन् १९७८ मा सगरमाथा सफलतापूर्वक आरोहण गरेका थिए। नेपाल पर्वतारोहण संघका अनुसार त्यो समूहमा १२ आरोही सहभागी थिए। तीमध्ये चार आरोहीको मृत्यु भइसकेको संघका अध्यक्ष सन्तवीर तामाङले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु