फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा लगानी सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न

(GMT+08:00) 2018-04-21 14:14:46

मुलुकलाई समृद्ध बनाउने पूँजी परिचालन गर्न आवश्यक बैंकयोग्य परियोजनाको सूचि तयार पार्ने लगायतका प्रतिबद्धता व्यक्त गर्दै मिश्रित लगानी सम्बन्धि राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। शुक्रबार काठमाडौमा आयोजना गरिएको सो सम्मेलन लगानी प्रवद्र्धनका लागि आवश्यक तयारी गर्ने प्रतिवद्धता व्यक्त गर्दै सम्पन्न भएको हो।

सम्मेलनबारे जानकारी दिन शुक्रबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दिगो विकास लक्ष्य हासिल गर्न पनि सम्मेलनले आवश्यक सुझाव दिएको स्पष्ट पार्नुभयो।उहाँले सम्मेलनले नेपालको पूर्वाधार विकासमा आवश्यक लगानी भित्रयाउन सघाउ पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो।

सम्मेलनमा राज्य र निजी क्षेत्रको लगानी बढाउने विषयमा राष्ट्रिय सरोकारवाला र विभिन्न दात्रृ निकायका प्रतिनिधिहरुले छलफल गरेका थिए। नेपाल जस्तो अतिकम विकसित मुलुकमा शहश्राब्दी विकास लक्ष्य हासिल गर्न मिश्रित लगानीको नयाँ अवधारणाले सघाउ पुर्याउने सक्छ भन्ने उद्देश्यकासाथ सम्मेलन आयोजना गरिएको थियो। संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषको छनौटमा परेका नेपाललगायत बंगलादेश, सेनेगल, तान्जेनिया र युगान्डामा मिश्रित लगानीको सम्भाव्यता सम्बन्धी बृहत् अध्ययन हुँदैछ। निजी क्षेत्र र राज्यलाई एकै साथ लगानी बढाउने, सहस्राब्दी विकास लक्ष्य हासिल गर्न अपुग हुने पूँजी जुटाउन तथा मध्यमवर्गीय समुहलाई सम्बोधन गर्न मिश्रित लगानीसम्बन्धि अवधारणा उपयोगी हुने बताइएको छ।

जानकारी तथा लेखहरु