फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहयोगलाई अघि बढाउन चीन र भारतका चलचित्रकर्मीको आग्रह

(GMT+08:00) 2018-04-21 14:23:29

पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजित हुँदैछ। गत वर्षदिख भारतीय चलचित्रले पनि चिनियाँ चलचित्र बजारमा ठूलो प्रभाव पारिरहेको छ।

प्रसाद शेट्टी भारतीय चलचित्र 'सेक्रेट सुपरस्टार'का संयुक्त निर्माता हुनुका साथै केही भारतीय चलचित्र चीनमा प्रसारण गर्दै आएका मुख्य साझेदार हुनुहुन्छ। उहाँले केही क्षेत्रमा चिनियाँ चलचित्रले विकासको लामो इतिहास बोकेको भएपनि भारतीय चलचित्रको विकास प्रणाली चीनको भन्दा अझै तीव्र रहेको र चिनियाँ चलचित्र व्यवसायले अझ बढी विकास गर्नुपर्ने सुझाव दिनुभएको छ।

चीनको एउटा सांस्कृतिक सञ्चार कम्पनीका उपप्रमुख कुवान छङ्गले बोल्दै चलचित्रको राष्ट्रिय सीमा नहुने भन्दै चीनले भारतीय चलचित्र व्यवसायिक प्रणालीबाट धेरै सिक्न सक्ने र दुई मुलुकले संयुक्त रुपमा एउटा चलचित्रको उत्पादन गर्ने इच्छा प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु