फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आणविक परीक्षणहरू स्थगित गर्ने उत्तर कोरियाको घोषणा

(GMT+08:00) 2018-04-21 14:32:15

उत्तर कोरियाली केन्द्रिय समाचार समितिका अनुसार बीस तारिख उत्तर कोरियाली श्रमिक पार्टीको सातौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठकले यही अप्रिल २१ तारिखदेखि आणविक परीक्षण तथा अन्तरमहाद्विपीय व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण स्थगित गर्ने घोषणा गरेको छ।

थाहाभए अनुसार, पार्टी सम्मेलनमा धेरैवटा निर्णय पारित गरिएको छ। यी निर्णयहरुमा आणविक परीक्षण स्थगनको पारदर्शी प्रत्याभूतिका लागि उत्तर कोरियाले उत्तरी भागको एउटा आणविक परीक्षण क्षेत्र पनि बन्द गर्ने भएको छ। विश्व आणविक निशस्त्रीकरणका लागि उत्तर कोरियाले आणविक परीक्षण स्थगित गर्ने निर्णयमा भनिएको छ। साथै आणविक खतरा वा उत्तेजक स्थिति नआएसम्म उत्तर कोरियाले परमाणु हतियार प्रयोग नगर्ने पनि उल्लेख गरिएको छ।

सम्मेलनमा उत्तर कोरियाले समाजवादी आर्थिक विकास, जनजीवनको सुधार लगायतका निर्णयहरू पनि गरिएको छ। समाजवादको आर्थिक निर्माणमा राम्रो अन्तर्राष्ट्रिय वातावरण सिर्जना गर्न, कोरियाली प्रायद्वीप तथा विश्व शान्ति र स्थिरताका लागि उत्तर कोरियाले छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समाजसँग घनिष्ट सम्पर्क वार्ता आयोजना गर्ने निर्णय पनि यो सम्मेलनले गरेको छ। सम्मेलनमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ-उन पनि सहभागि हुनुहुन्थ्यो।

जानकारी तथा लेखहरु