फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाले आणविक परीक्षण स्थगित गर्ने भएकोमा चीनको स्वागत

(GMT+08:00) 2018-04-21 15:12:54

उत्तर कोरियाले आणविक परीक्षणहरू स्थगित गरी आर्थिक विकासको गतिविधिलाई अगाडि बढाउने घोषणा गरेकोमा चीनले स्वागत गरेको छ। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले उत्तर कोरियाको यो निर्णयको स्वागत गर्नुभयो।

प्रवक्ता लुले उत्तर कोरियाको सम्बन्धित निर्णयबाट कोरियाली प्रायद्वीपको परिस्थितिमा मध्यस्थता गर्ने बताउँदै कोरियाली प्रायद्वीप आणविक रहित तथा कोरियाली प्रायद्वीप समस्याको राजनैतिक समाधानलाई अघि बढाउनु हितकर रहेको बताउनुभयो।

प्रवक्ता लुले उत्तर कोरियाले आर्थिक विकास तथा जनताको जीवनस्तरलाई उकास्ने लक्ष्यमा धेरै सफलता प्राप्त गर्ने चीनको आशा रहेको पनि सुनाउनुभयो।

जानकारी तथा लेखहरु