फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापारिक संघर्षले एशिया प्रशान्तको अर्थतन्त्रमा क्षति पुर्याउनसक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषका अधिकारीको चेतावनी

(GMT+08:00) 2018-04-21 15:20:52

अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत एशिया प्रशान्त विभागका प्रमुख ह्री छाङ-योङले केही मुलुकले "भित्र हेर्ने" नीति लिएको बताउँदै व्यापारिक संघर्षबाट समग्र एशिया प्रशान्तको आर्थिक स्थितिमा क्षति पुग्नसक्ने चेतावनी दिनुभएको छ।

प्रमुख ह्रीले एशिया प्रशान्त क्षेत्र आर्थिक आउट लुक सम्बन्धि पत्रकार सम्मेलनमा विभिन्न मुलुकले बहुपक्षीय प्रणालीबाट व्यापार संघर्षको समाधान गर्नुपर्ने बताउँदै व्यापार युद्धमा कोही पनि विजेता नहुने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत एशिया प्रशान्त विभागका उपप्रमुख मार्कस रोड्लाउरले अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको आर्थिक भविष्यप्रति आशा राखेको टिप्पणी गर्नुभएको थियो।

जानकारी तथा लेखहरु