फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाको आणविक परीक्षणहरु स्थगन ठूलो उपलब्धीः ट्रम्प

(GMT+08:00) 2018-04-21 15:21:44

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल बीस तारिख बोल्दै उत्तर कोरियाले आणविक परीक्षणहरु स्थगित गर्ने निर्णय लिनु ठूलो प्रगति भएको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यम वेभसाइटमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उत्तर कोरियाले आणविक परीक्षणहरु स्थगित गर्नु उत्तर कोरिया मात्र नभई विश्वका लागि एउटा राम्रो समाचार रहेको बताउनुभएको छ। उहाँले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको भेटघाट हुने अपेक्षा गरेको पनि व्यक्त गर्नुभएको छ।

यस वर्ष उत्तर कोरियाली प्रायद्वीपको परिस्थितिमा सक्रिय परिवर्तन भइरहेको छ। दक्षिण र उत्तर कोरियाले अप्रिल सताईस तारिख पान्मुन्जोमस्थित दक्षिण कोरियाको 'शान्ति गृह'मा नेतागणबीचको भेटवार्ता हुने तय भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले मे वा जुन महिनामा किमसँग भेटघाट हुने योजना रहेको पनि जानकारी दिनुभएको छ।

जानकारी तथा लेखहरु