फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई सहयोग संगठनलाई विकासको नयाँ चरणमा पुर्‍याइने

(GMT+08:00) 2018-04-26 18:44:02

भारत तथा पाकिस्तानको प्रवेशपछि शाङहाई सहयोग संगठन सबभन्दा बढी जनसंख्या, सबैभन्दा ठूलो क्षेत्रफल ढाकेको र सबभन्दा ठूलो निहित शक्ति हुने मिलिजुली क्षेत्रीय संगठन बनेको छ। यसबारे चर्चा गर्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्रवा छुनयिङले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा यसको अझ सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।


शाङहाई सहयोग संगठनको सदस्य मुलुकका विदेश मन्त्री स्तरीय सम्मेलन अप्रिल २४ तारिख पैचिङमा आयोजित भएको छ। भारत र पाकिस्तानले सदस्य मुलुकको हैसियतले पहिलो पटक सम्मेलनमा भाग लिएका छन्। अप्रिल २६ तारिख आयोजित परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भारत तथा पाकिस्तानको प्रवेशपछि शाङहाई सहयोग संगठनको भविष्यको चीनले कसरी मूल्याकङ्न गर्छ भन्ने प्रश्नको जवाफ दिँदै प्रवक्ता ह्वाले उक्त कुरा भन्नुभएको हो।

जानकारी तथा लेखहरु