फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर तथा दक्षिण कोरियाली राष्ट्रानायक बीच शिखरवार्ता

(GMT+08:00) 2018-04-27 16:29:10

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए-इनले आज अप्रिल २७ तारिख पानमुनजोममा उत्तर कोरियाली राज्य परिषदका अध्यक्ष किम जोङ उनसँग भेटघाट गर्नुभएको छ।

सिउल समय अनुसार बिहान ९ बजेर ३० मिनेट जाँदा (नेपाली समय ६ बजेर १५ मिनेट) मा किमले पानमुनजोममा सैन्य सिमा पार गरेर दक्षिण कोरियामा प्रवेश गर्नुभएको थियो। उहाँलाई त्यहाँ दक्षिण कोरियाका राष्ट्रपति मुनले स्वागत गर्नुभयो। कोरियन युद्धपछि उत्तर कोरियाली सर्वोच्च नेताले दक्षिण कोरिया टेकेको यो पहिलो घटना हो।

दुवै राष्ट्रनायकहरूले हातमा हात मिलाएर उतर कोरियाको भूमिमा एकछिन उभिएपछि दक्षिण कोरिया फर्कनुभयो। त्यसपछि दक्षिण कोरियाले किमको लागि परम्परागत स्वागत समारोह र सैन्य परेड गरेको छ। उत्तर कोरियाली सर्वोच्च नेताले दक्षिण कोरियाली सेनाको परेड निरीक्षण गर्नुभएको पनि पहिलो पटक हो।

सिउल समय अनुसार १० बजेर १५ मिनेट जाँदा मुन तथा किमले दक्षिण कोरियामा वार्ता सुरु गर्नु भएको हो।

दक्षिण कोरियाली राष्ट्रपति भवन छेन वा दाएले २६ तारिख यस पटकको भेट-वार्ताको मुख्य विषय-सूची कोरियाली प्रायद्वीपलाई आणविकरहित बनाउने र सो प्रायद्वीपको दीर्घकालीन शान्ति स्थापना गर्ने रहेको जनाएका छ।

यो भेट-वार्ता सन् २००० र २००७ पछि उत्तर तथा दक्षिण कोरियाका राष्ट्रनायक बीच भएको तेस्रो भेट-वार्ता हो।

जानकारी तथा लेखहरु