फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्री ली र अमेरिकी यातायात मन्त्री इलेनबीच भेट

(GMT+08:00) 2018-04-27 16:54:47

चीनका प्रधानमन्त्री ली ख छ्याङले अप्रिल २६ तारिख दिउँसो पैचिङमा अमेरिकी यातायात मन्त्री इलेन चाउसँग भेट गर्दै व्यापारिक द्वन्द्वमा बिजय पक्ष नहुने र चीनले सधैँ वार्ताको ढोका खुला राखेको बताउनुभयो।

भेटमा प्रधानमन्त्री लीले विद्यमान समस्याको समाधान वार्ताबाट मात्रै प्राप्त हुने विचार व्यक्त गर्नुभएको छ। अमेरिकाले वार्तामार्फत व्यापारिक द्वन्द्वको समाधान गर्ने आशा चीनले राखेको भन्दै चीनले बार्ताको ढोका सधैँ खुला राखेको प्रधानमन्त्री लीले औँल्याउनुभएको छ। चीनले खुलापनलाई अडिगतका साथ विस्तार गर्दै अमेरिका लगायत विश्वका विभिन्न मुलुकले मौका छोपेर चीनको खुलापनबाट फाइदा उठाउने आशा चीनले लिएको पनि प्रधानमन्त्री लीले उल्लेख गर्नुभयो।

अमेरिकी यातायात मन्त्री इलेन चाउले वर्तमान चीन-अमेरिका सम्बन्ध विकासको महत्वपूर्ण चरणमा रहेको बताउँदै दुवै पक्षले वर्तमान कठिनाइलाई पार गर्न कोशिश गरिरहेको जनाउनुभयो। अमेरिकाले दुवै पक्ष बीच आर्थिक तथा व्यापारिक समस्याबारे गरिने बैचारिक आदानप्रदानमा सकारात्मक उपलब्धि हासिल गर्ने आशा लिएको पनि मन्त्री इलेनले प्रकाश उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु