फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर तथा दक्षिण कोरियन नेताको भेटमा चीन प्रशंन्न

(GMT+08:00) 2018-04-27 16:56:00

उत्तर कोरियन सर्वोच्च नेता किम जोङ उन तथा दक्षिण कोरियन राष्ट्रपति मुन जाय-इनले अप्रिल २७ तारिख पानमुनजोममा भेटघाट गर्नुभएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यीङले यसबारे पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै उहाँहरूले यो ऐतिहासिक पाइला चाल्नुभएकोमा चीनले ताली बजाएर स्वागत गरेको बताउनुभयो।

बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा शुक्रबार प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। यस पटकको भेटमा सकारात्मक उपलब्धि हासिल हुने कामना चीनले गरेको उहाँले बताउनुभयो। उत्तर तथा दक्षिण कोरियाले कठिनाइ पार गरेर दाजुभाइहरू इतिहासको दुःखलाई अहिलेको भेटको खुशीले जितेको बताउँदै यो भेटको आधारमा कोरियाली प्रायद्वीपको दीर्घकालीन सुरक्षा तथा स्थिरतामा नयाँ अध्याय खोल्ने अपेक्षा पनि चीनले व्यक्त गरेको उहाँले औँल्याउनुभयो।

जानकारी तथा लेखहरु