फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

याङ्गसी नदी आर्थिक क्षेत्रको विकास गोष्टीमा राष्ट्राध्याक्ष सीको सम्बोधन

(GMT+08:00) 2018-04-27 16:59:49

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले अप्रिल 26 तारिख दिउँसो उ हान शहरमा आयोजित याङ्गसी नदी आर्थिक क्षेत्रको विकासलाई अगाडि बढाउने गोष्टीमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

याङ्गसी नदी आर्थिक क्षेत्रको विकासलाई अगाडि बढाउने पार्टी केन्द्रीय समितिद्बारा तर्जुमा गरिएको महत्वपूर्ण निर्णय रहेको र देशको विकाससित सम्बन्धित महत्वपूर्ण रणनीति रहेको उहाँले बताउनुभयो। नयाँ परिस्थितिमा याङ्गसी नदी आर्थिक क्षेत्रको विकास गर्ने समग्र केन्द्रीय विषय रहनुका साथै पर्यावरणीय अवस्थाको सुरक्षा र आर्थिक विकास, समष्टिगत र दीर्घकालीन रणनीति रहेको राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो। उहाँले पुरानो विकास शक्ति रद्द र नयाँ विकास शक्ति तयार गराउँदै आत्मविकास र समन्वय विकासको सम्बन्धलाई उचित रुपमा मिलाउनु पर्ने बताउनुभयो। याङ्गसी नदी आर्थिक क्षेत्रको विकासद्बारा अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई अगाडि बढाइने कुरामा उहाँले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु