फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाले बहुपक्षीय व्यापार प्रणालीलाई चुनौती दिएको चीनको ठहर

(GMT+08:00) 2018-04-28 18:13:58

विश्व व्यापार संगठनअन्तर्गत विवाद समाधान समितिले अप्रिल 27 तारिख आयोजना गरेको नियमित बैठकमा अमेरिकाको "301 बुँदा"को एकपक्षीय नियमले बहुपक्षीय व्यापार प्रणालीलाई चुनौती दिएको ठहर चीनले लिएको कुरा बताएको छ। साथै चीनले सदस्य मुलुकहरूसँग यस्तो एकपक्षीयता र संरक्षणवादको कारवाहीको संयुक्त रुपमा विरोध गर्न आव्हान गरेको छ।

चीनमाथि लक्षित अमेरिकाको "301 बुँदा"ले बजारमुखी सुधार, खुलापनको विस्तार, बौद्धिक सम्पदा अधिकारको संरक्षणको अभिबृद्धिआदि क्षेत्रहरूमा चीनले प्राप्त गरेको प्रगतिलाई वेवास्ता गरेको ठहर पनि चीनले लिएको छ।

चीनले अमेरिकाको एकपक्षीय कदमले विश्व व्यापार संगठनलाई गम्भीर रुपमा हानी पुर्‍याएको र विश्व व्यापार संगठनलाई खतरा पुर्‍याएको बताएको छ।

सोही दिन आयोजित बैठकमा पाकिस्तान र रुसले पनि अमेरिकाको कारवाहीबाट विश्व व्यापार प्रणालीमा पर्ने सम्भावित असरप्रति चिन्ता व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु