फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दक्षिण कोरिया र जापानका नेतासँग टेलिफोनवार्ता

(GMT+08:00) 2018-04-29 15:53:44

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिल 2६ तारिख दक्षिण कोरियाका राष्ट्रपति मून जाय इन तथा जापानका प्रधानमन्त्री सिन्जो आबेलाई टेलिफोन गरेर कोरियाली प्रायद्बीपको पछिल्लो प्रगतिबारे छलफल गर्नुभएको छ।

सोहि दिन वाइट हाउसबाट प्रकाशित वक्तव्यअनुसार, फोनमा ट्रम्प र मून जाय इनले अप्रिल 27 तारिख उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको वार्ताबारे कुराकानी गर्नुभयो। भविष्यमा उत्तर कोरियाको शान्ति र स्मृद्धि "पूरै, प्रमाणित र अपरिवर्तनीय" रुपमा आणविक छोड्नसित सम्बन्धित रहेको राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभयो।

साथै अमेरिका र जापानका नेतागणले उत्तर कोरियाले सबै विनाशकारी हतियार र क्षेप्यास्त्र मिसाइल योजना छोड्नुपर्ने विचार व्यक्त गरेका छन्।

सोही दिन ट्रम्पले समाजिक संजालमार्फत किम जोङ उनसँग भेट-वार्ता गर्ने समय र ठेगानाबारे छलफल गरिरहेको कुरा सार्वजनिक गर्नुभएको छ।

जानकारी तथा लेखहरु