फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रुस, टर्की, इरानका विदेश मन्त्रीहरूद्वारा सिरिया समस्यासम्बन्धी नयाँ चरणको अस्ताना शान्ति वार्ता संयोजना गर्ने निर्णय

(GMT+08:00) 2018-04-29 16:19:17
रुस, टर्की, इरान तीन मुलुकले अप्रिल 28 तारिख रुसको मस्कोमा विदेश मन्त्रीहरूको सम्मेलनको आयोजना गरी सिरिया समस्याको समाधानबारे छलफल गरेका छन्। तीन मुलुकले मे चौधदेखि पन्ध्र तारिखसम्म कजाकिस्तानको राजधानीमा सिरिया समस्यासम्बन्धी नयाँ चरणको अस्ताना शान्ति वार्ता संयोजन गर्ने निर्णय पनि गरेका छन्।

रुसको विदेश मन्त्रालयको वेभसाइटले सार्वजनिक गरेको सूचनाअनुसार, रुस, टर्की, इरानका विदेश मन्त्रीहरूले भेटवार्तापछि सिरियाको परिस्थितिको विकास तथा परिवर्तन, क्षेत्रीय शान्ति तथा सुरक्षामा पर्ने प्रभावबारे छलफल गरी बहु चरणका अस्ताना शान्ति वार्ताहरूले सिरिया समस्यासम्बन्धी विभिन्न पक्षलाई सहमति गराएर सिरियाभित्रको आतंकवादको विरोध गराएको, राजनीतिक उपायमार्फत सिरिया समस्याको समाधान गर्नका लागि पूर्वशर्तको सिर्जना गरेको र सिरियाभित्रका विभिन्न पक्षलाई वार्ता गर्न घच्घच्याएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु