फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाले मेको अन्तसम्मा आणविक परीक्षण बन्द गर्ने

(GMT+08:00) 2018-04-29 16:20:42

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयबाट प्राप्त जानकारीअनुसार, राष्ट्रपति मून जाय इनसँग वार्तामा उत्तर कोरियाली राज्य परिषदका प्रमुख किम जोङ उनले मे अन्तसम्मा उत्तरी भागमा पर्ने पुङथ्ये री आणविक परीक्षण कार्यालय बन्द गर्ने कुरा बताउनुभयो।

राष्ट्रपति कार्यालयका प्रथम सचिव यून योङ छानले अप्रिल 29 तारिख आयोजित पत्रकार सम्मेलनमा वार्ताका केही ठोस विषयबारे जानकारी दिनुभएको छ। अन्तर्राष्ट्रिय समाजलाई स्पष्ट र खुला रुपमा आणविक परीक्षण कार्यालय बन्द गर्ने कार्य देखाउनका लागि दक्षिण कोरिया र अमेरिकाका विद्बान र सञ्चार माध्यमलाई निमन्त्रणा गर्ने किम जोङ उनले बताउनुभयो।

जानकारी तथा लेखहरु