फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको व्यापारिक नीतिद्वारा युरोपेली सँघको हितमाथि पुर्‍याइने क्षतिको सँयुक्त रुपमा प्रतिरक्षा

(GMT+08:00) 2018-04-30 15:22:21
जर्मनीकी चान्सलर एन्जेला मर्केलले अप्रिल अठाइस तथा उनन्तीस तारिख क्रमशः फ्रान्सका राष्ट्रपति ईमान्युल म्याकरोन तथा बेलायतका प्रधानमन्त्री थेरेसा मैसँग टेलिफोन संवाद गरेका छन्। संवादबाट यी तीन मुलुकका नेताहरुले अमेरिकाको व्यापारिक नीतिद्वारा युरोपेली सँघको हितमाथि पुर्‍याइने क्षतिको सँयुक्त रुपमा प्रतिरक्षा गर्ने सहमति जनाउनुका साथै इरानको आणविक सम्झौताको प्रारुपबाट अमेरिकाले हात नझिक्ने आशा व्यक्त गरेका छन्।

जर्मनीको सँघीय सरकारका प्रक्ता स्टेफन सेइबर्टले हिजो उनन्तीस तारिख बताए अनुसार, तीन मुलुकका नेताहरुले टेलिफोन संवादमा अमेरिकाले व्यापारिक कदम चालेर युरोपेली सँघको विरोध गर्न नमिल्ने र युरोपेली सँघले बहुपक्षीय अन्तर्राष्ट्रिय प्रणालीमा आफ्नो हितको सँरक्षण गर्नुपर्ने निर्णय गरेका छन्।

फ्रान्सका राष्ट्रपति ईमान्युल म्याकरोन तथा जर्मनीकी चान्सलर एन्जेला मर्केलले अघि पछि गरी वाशिङटनको भ्रमण गरी अमेरिकी राष्ट्रपति डोनाल्द ट्रम्पसँग वार्ता गरेका थिए। वार्ताको वातावरण सुमधुर भए तापनि युरोपेली सँघ तथा अमेरिका बीच व्यापार तथा इरानको आणविक समस्यामा मतभेद देखिएको छ।

जानकारी तथा लेखहरु