फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"श्रम दिवस"को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर

(GMT+08:00) 2018-04-30 15:23:13

चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गत यातायात आयोगले हिजो अप्रिल उनन्तीस तारिख जनाए अनुसार,चालू वर्षको "श्रम दिवस" को पहिलो दिनमा चीनको यातायात परिस्थिति स्थिर रहेको छ। अप्रिल उनन्तीस तारिख बेलुका छ बजेसम्म चीनको मार्ग तथा यातायातको सुरक्षाको अवस्था स्थिर रहेको छ। ठूलो क्षेत्रफलमा तथा लामो समयसम्मको ट्राफिक जाम भएको छैन भने एउटा मात्र दुर्घटनामा पाँच जना भन्दा बढीको मृत्यु भएको छ।

चीनको केन्द्रिय जलवायु स्टेशनका अनुसार,अप्रिल 30 तारिख रातिदेखि मेइ 2 तारिखसम्म चीनको आँशिक क्षेत्रमा हल्कादेखि केही धेरै वर्षा हुनेछ। केही क्षेत्रमा आँधीबेहरी समेत आउनेछ। जसले यातायातका लागि असर पार्नेछ। चीनको सार्वजनिक सुरक्षा मन्त्रालय अन्तर्गत यातायात आयोगले चालकहरुलाई गाडी चलाउनुअघि स्थानीय मौसम तथा बाटोको सूचनाबारे जानकारी लिन आग्रह गरेको छ।

जानकारी तथा लेखहरु