फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई समृद्ध परिधिमा

(GMT+08:00) 2018-04-30 16:20:52

चिनियाँ राष्ट्रिय तथ्याङ्क व्यूरो तथा मसलन्द तथा खरिद व्यवसायीको चिनियाँ सँघले आज अप्रिल ३० तारिख अप्रिलमा चीनको उत्पादन उद्योगको पि.एम.आई सूचि अर्थात् क्रय परिचालक सूचकाङ्क सार्वजनिक गरेको छ। प्राप्त तथ्याँक अनुसार, अप्रिलमा चीनको पि.एम.आई ५१.४ प्रतिशत रहेको छ। जून निरन्तर रुपमा समृद्ध परिधिमा रहेको छ।

चौङ युआन बैंकका प्रथम अर्थविद् वाङ च्य्वुनले उक्त तथ्याङ्कको विश्लेषण गर्दै चीनको अर्थतन्त्र राम्रो दिशातर्फ उन्मुख रहेको र उक्त प्रवृतिमा कुनै परिवर्तन नहुने बताउनुभयो।

चीनको राज्य परिषद अन्तर्गत विकास तथा अनुसन्धान केन्द्रका अनुसन्धानविद् चाङ ली छ्य्विनले उक्त तथ्याङ्कले चीनको अर्थतन्त्र स्थिरताका साथ बढेको स्पष्ट गरेको ठहर गर्नुभयो। भविष्यमा चीनको उत्पादन उद्योगको पि.एम.आई यथावत रुपमा समृद्ध परिधिमा हुने विश्वास रहेको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु