फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका लागि नेपाली राजदुतद्वारा गौतम बुद्धको २५६२ औँ जन्मजयन्ती समारोहलाई सम्बोधन

(GMT+08:00) 2018-04-30 16:22:59

आज वैशाख शुक्ल पूर्णिमाको दिन अर्थात् शान्ति नायक सिद्धार्थ गौतमको २५६२ औँ जन्मजयन्ती हो। चीनका लागि नेपाली राजदुत लिलामणि पौडलले आज चीनका लागि नेपाली दुतावासमा आयोजित बुद्धको जन्मजयन्ती समारोहलाई सम्बोधन गर्नुभएको छ।

समारोहमा उपस्थित भएका सबै अतिथिहरूलाई हार्दिक अभिवादन र स्वागत व्यक्त गर्दै आफ्नो सम्बोधनमा राजदुत पौडेलले नेपाल सरकारले आजको दिनलाई सारा विश्व परिधिमा शान्ति र मेलमिलापको प्रसार गर्ने महत्वपूर्ण समयको रुपमा तोक्नुका साथै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा तीन दिने विश्व शान्ति सम्मेलनको आयोजना गरेको जानकारी दिनुभएको छ।

बुद्धको विचारधाराले खुसी, बुद्धि र सन्तुष्टी जीवन सिर्जनाका लागि वास्तविक निर्देशन दिएको बताउँदै राजदुत पौडेलले विश्वमा शान्ति र मेलमिलाप भरिपूर्ण होस् र सबै मानिस सुखमय होस् भन्ने सुमधुर प्रार्थना पनि गर्नुभएको छ।

जानकारी तथा लेखहरु