फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा बेल्ट एण्ड रोड आबद्ध मुलुकका विद्यार्थीहरूको संख्या लगातार बढ्दै

(GMT+08:00) 2018-04-30 16:48:09

बेल्ट एण्ड रोड प्रस्ताव लागू भइरहेको सिलसिलामा चीनका विश्वविद्यालयको अन्तर्राष्ट्रिय आदान-प्रदान र सहकार्य पनि दिनप्रति दिन घनिष्ट र गहन बन्दै गएको देखिन्छ। हाल चीनमा बेल्ट एण्ड रोडका आबद्ध मुलुकका अध्ययनरत् विद्यार्थीहरूको संख्या लगातार रुपमा बढ्दै आएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चीनको शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार, सन् २०१७ मा जम्मा दुई सय चारवटा मुलुक र क्षेत्रका विभिन्न प्रकारका विद्यार्थीहरू चीनका एकतीसवटा प्रान्त, स्वायत्त प्रदेश र सरकारद्वारा सञ्चालित शहरमा रहेका नौ सय पैंतीसवटा विश्वविद्यालयमा अध्ययनरत् छन्।

प्राप्त जानकारी अनुसार, बितेका केही वर्षयता चीन सरकारको छात्रवृत्तिको आकर्षण शक्ति झन् झन् बढ्नुका साथै वरिपरि मुलुक र बेल्ट एण्ड रोडका आबद्ध मुलुकका लागि झन् महत्वपूर्ण र आकर्षक बन्दै गएको छ।

जानकारी तथा लेखहरु