फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र डोमिनिकन रिपब्लिक बीच दौत्य सम्बन्ध स्थापित

(GMT+08:00) 2018-05-01 15:11:50

चीनको राज्य परिषद्का सदस्य एवम परराष्ट्र मन्त्री वाङ यीले आज मेइ एक तारिख बिहान गणतन्त्र डोमिनिकन रिपब्लिकका विदेश मन्त्री मिगुएल भारगास मालदोनादोसँग पैचिङमा "जन गणतन्त्र चीन र डोमिनिकन रिपब्लिक बीच दौत्य सम्बन्धको स्थापना सम्बन्धी सँयुक्त विज्ञप्ति"मा हस्ताक्षर गर्नुभएको छ। सो सँयुक्त विज्ञप्तिका मुख्य विषय निम्न छन्:

जन गणतन्त्र चीन र डोमिनिकन रिपब्लिकले दुई देशका जनताका हित तथा इच्छा अनुसार, सँयुक्त विज्ञप्ति हस्ताक्षरित दिनदेखि एक-अर्कालाई मान्यता दिनुका साथै राजदूत स्तरीय कूटनीतिक सम्बन्धको स्थापना गर्ने निर्णय गरेका छन्।

दुई मुलुकका सरकारले आपसी सार्वभौमिकता तथा प्रादेशिक अक्षुण्णताको सम्मान गर्ने, एक-अर्कामाथि आक्रमण नगर्ने, एक-अर्काको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्ने, एकआपसमा समानता तथा हित गर्ने, शान्ति सह-अस्तित्व भन्ने सिद्धान्तको आधारमा दुई मुलुक बीचको मैत्रीपूर्ण सम्बन्धको विकास गर्ने सहमति जनाएका छन्।

डोमिनिकन रिपब्लिकका सरकारले विश्वमा एउटै मात्र चीन भएको र थाइवान चीनको एउटा अविभाजित भाग भएको स्वीकार गरेको छ।

जानकारी तथा लेखहरु