फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गुटेरसद्वारा अफगानिस्तानमा भएको आक्रमणको घोर निन्दा

(GMT+08:00) 2018-05-01 15:12:36

सँयुक्त राष्ट्र सँघका महासचिव एन्टोनिओ गुटेरसले हिजो अप्रिल तीस तारिख अफगानिस्तानमा भएका धेरै आतङ्ककारी आक्रमणको घोर निन्दा गर्नुका साथै मृतकहरुका परिवारलाई गहिरो रुपमा समबेदना व्यक्त गर्नुभएको छ।

अफगानिस्तानको राजधानी काबुलको शहरी क्षेत्रमा हिजो बिहान दुई वटा विस्फोटन घटना भए। जसबाट कम्तीमा एक्काइस जनाको मृत्यु हुनुका साथै चालीस जना घाइते भएका छन्। अफगानिस्तानको गृह-मन्त्रालयका अनुसार, ती मृतकहरुमध्ये कम्तीमा आठ जना पत्रकार छन्। हिजै अफगानिस्तानको दक्षिणी भागमा पर्ने कान्दाहार प्रदेशमा एउटा गाडीमा आत्मघाती बम विस्फोटन गराइएको छ जसबाट कम्तीमा एघार बालकको मृत्यु हुनुका साथै सोह्र जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु