फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मकाउको राष्ट्रिय सुरक्षा विषयक पहिलो शिक्षा प्रदर्शनी सम्पन्न

(GMT+08:00) 2018-05-01 15:13:21

मकाउ विशेष प्रशासनिक क्षेत्र सरकार तथा मकाउस्थित केन्द्रिय सरकारको कार्यालयले सँयुक्त रुपमा आयोजना गरेको राष्ट्रिय सुरक्षा विषयक शिक्षा प्रदर्शनी हिजो अप्रिल तीस तारिख मकाउमा सफलताका साथ सम्पन्न भयो। जनाए अनुसार, यस पटकको शिक्षा प्रदर्शनीका दर्शकहरुको सँख्या मकाउ चीनमा समाहित भएदेखि विभिन्न प्रकारको प्रदर्शनीका दर्शकहरुभन्दा निकै बढी थिए।

मकाउस्थित केन्द्रिय सरकारको कार्यालयका प्रमुख चङ श्याउ सुङले सञ्चार माध्यमलाई दिनुभएको अन्तर्वार्तामा यस पटकको शिक्षा प्रदर्शनी निकै सफल रहेको र अनुमानभन्दा राम्रो भएको बताउनुभयो।

मकाउको महिला सँघकी आबासीय सदस्य वु च्या थिङले राष्ट्रिय सुरक्षा जीवनसँग घनिष्ठ सम्बन्ध रहेको र विशेष गरी नेटवर्कको सुरक्षा राष्ट्रिय सुरक्षासँग घनिष्ठ सम्बन्ध रहेको महसूस गरेकी बताउनुभयो।

विद्यार्थीहरुलाई लिएर प्रदर्शनीमा सहभागी भएका शिक्षकले विद्यार्थीहरुले यस प्रदर्शनीमार्फत राष्ट्रिय सुरक्षा ऐनबारे जानकारी लिनुका साथै नेटवर्कको सुरक्षा सम्बन्धी ऐन बुझ्न उपयोगी रहेको बताए।

जानकारी तथा लेखहरु