फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ छी शान तथा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2018-05-01 15:14:54

चीनका उप राष्ट्राध्यक्ष वाङ छी शानले मे एक तारिख पैचिङमा डोमिनिकन रिपब्लिकका विदेश मन्त्री मिगुएल भार्गाससँग भेट-वार्ता गर्नुभएको छ।

भेटका अवसरमा उपराष्ट्राध्यक्ष वाङ छी शानले सर्वप्रथम राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रपति दानिलो मेदिनालाई व्यक्त गर्नुभएको हार्दिक अभिवादन हस्तान्तरण गर्नुका साथै चीन र डोमिनिकन बीचको दौत्य सम्बन्ध कायम भएकोमा बधाई व्यक्त गर्नुभएको छ। डोमिनिकन सरकारले एक मात्र चीन भन्ने सिद्धन्तलाई मान्यता दिएको, त्यस सिद्धान्तलाई कायम राखेको र थाइवानसँगको तथाकथित परराष्ट्र सम्बन्ध बिच्छेद गरेकोमा प्रशंसा गर्दै दुई देशबीचको सम्बन्ध दुई देशका जनताको मुलभुत र दीर्घकालीन हित अनुकूल रहने पनि उपराष्ट्राध्यक्ष वाङले व्यक्त गर्नुभएको छ।

विदेश मन्त्री भार्गासले राष्ट्रपति दानिलो मेदिनाले राष्ट्राध्यक्ष सी चिन फिङलाई दिनुभएको अभिवादन र शुभेच्छा पनि हस्तान्तरण गर्नुभएको छ।

जानकारी तथा लेखहरु