फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानको राजधानीमा भएको दुई बम विस्फोटबाट ६० जनाभन्दा बढी हताहत

(GMT+08:00) 2018-05-01 18:04:14

अफगानिस्तानको सार्वजनिक स्वास्थ्य विभागले अप्रिल तीस तारिख बिहान राजधानी काबुलमा लगातार दुईवटा बम विस्फोट भएबाट कम्तिमा एक्काईसजनाको ज्यान जानुका साथै अन्य चालीसजना घाइते भएको जनाएको छ।

अफगानिस्तानी गृह मन्त्रालयका प्रवक्ता नाजिब दानिसले उक्त दुईवटा बम विस्फोट काबुलको शाह दाराक सडकमा भएको बताएका छन्।

पहिलो विस्फोट बिहानको आठ बजेतिर भएको थियो भने दोस्रो विस्फोट पौने नौ बजे भएको थियो। हाल घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको छ। प्रहरीले तत्स्थानमा घेराबन्दी गरी छानबीन थालेको सिन्हा समाचार समितिले जनाएको छ।

जानकारी तथा लेखहरु