फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुरक्षा परिषद्द्वारा अफगानिस्तान घटनाको कडा शब्दमा निन्दा

(GMT+08:00) 2018-05-02 15:46:43

सँयुक्त राष्ट्र सँघीय सुरक्षा परिषद्ले हिजो मेइ एक तारिख एउटा वक्तव्य प्रकाशित गर्दै अप्रिल तीस तारिख अफगानिस्तानमा गराइएका बम विस्फोटन घटनाको"सबैभन्दा कडा शब्दमा "निन्दा गरेको जनाइएको छ।

यस वक्तव्यका अनुसार,सुरक्षा परिषदका सदस्य मुलुकहरुले उक्त घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवार तथा अफगानिस्तान सरकारलाई गहन सहानूभुति तथा समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

यस वक्तव्यमा सम्पूर्ण मुलुकहरुले अन्तर्राष्ट्रिय ऐन तथा सुरक्षा परिषदको सम्बन्धित निर्णय-प्रस्तावमा तोकिएको कार्यभार बमोजिम अफगानिस्तान सरकार तथा अरु सम्बन्धित पक्षसँग सक्रिय सहयोग गर्नुपर्ने कुरामा जोड दिएको छ।

अफगानिस्तानको राजधानी काबुल तथा दक्षिणी भागमा पर्ने कान्दाहार प्रदेशमा अप्रिल तीस तारिख धेरै वटा बम विस्फोटनका घटना भएका थिए। सुरक्षा परिषदको तथ्याङ्कका अनुसार, ती विस्फोटनबाट कम्तीमा एकचालीस जनाको मृत्यु हुनुका साथै पैंतालीस जना घाइते भएका छन्।

जानकारी तथा लेखहरु