फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा मेइदेखि केही नयाँ कानून लागू

(GMT+08:00) 2018-05-02 15:47:28

चालू वर्षको मेइ एक तारिखदेखि चीनमा औपचारिक रुपमा केही नयाँ कानून लागू गरिएको छ। तीमध्ये सहिदको सँरक्षण सम्बन्धी कानून,क्यान्सरको उपचार गर्ने ‌औषधी लगायत आयातित ‌‌औषधीमाथि भन्सार कर छुट दिने विषयहरु समावेश छन्। साथै यी नयाँ कानूनी नियमहरुले चीनको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण असर पार्नेछन्।

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिले पारित गरेको सहिदको सँरक्षण सम्बन्धी कानून मेइ एक तारिखदेखि औपचारिक रुपमा लागू भएको छ। यस कानूनले प्रशासनिक,निजामति तथा आपराधिक लगायतका क्षेत्रमा सहिदका नाम,फोटो,इज्जतको सँरक्षणलाई सबल पारेको छ।

जीवनयापन क्षेत्रमा सर्वसाधारणको रोगव्याधि उपचारमा देखिएको समस्याको समाधान गर्नका लागि चीनले मेइ एक तारिखदेखि विविध कदम चालेको छ। तीमध्ये क्यान्सरको उपचार गर्ने ‌औषधी लगायत आयातित ‌‌औषधीमाथि भन्सार कर छुट दिने विषय समावेश छन्।

जानकारी तथा लेखहरु