फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मार्क्सको २००औं जन्मजयन्तीको अवसरमा टिभी वृत्तचित्र "अमर मार्क्स"को प्रसारण

(GMT+08:00) 2018-05-02 15:48:17

काल मार्क्सको २००औं जन्मजयन्तीको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको प्रसार मन्त्रालयको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको पार्टी तथा दस्ताबेज अनुसन्धान प्रतिष्ठान तथा चीन मिडिया ग्रुपले दुई श्रृंखलाको टिभी वृत्तचित्र "अमर मार्क्स"निर्माण गरेका छन्।

"अमर मार्क्स"लाई आगामी मेइ तीन तारिख तथा चार तारिख केन्द्रिय टेलिभिजनमा प्रसारण गरिनेछ। यसका साथै जन दैनिक समाचारको वेबसाइट,सिन ह्वा समाचार समितिको वेबसाइट तथा केन्द्रिय टेलिभिजनको वेबसाइटले पनि यस वृत्तचित्रको प्रसारण गर्नेछन्।

काल मार्क्सको जीवन पौराणिक रङ्ग भएको एउटा महाकाव्य हो। यस वृत्तचित्रमा काल मार्क्स तथा उनका साथीहरुले मानव मुक्तिका लागि अथक प्रयास गरी सिद्धान्तको निष्ठापूर्वक अनुसन्धान गरेको इतिहास पूर्ण रुपमा देखाइएको छ।

जानकारी तथा लेखहरु