फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको फङ युन नम्बर चार ए नामक उप-ग्रह सञ्चालनमा

(GMT+08:00) 2018-05-02 18:23:20

चीनको फङ युन नम्बर चार ए नामक उप-ग्रह हिजो मेइ एक तारिखबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ। त्यसले चीन र विदेशका ग्राहकहरुलाई विविध सामाग्रीका साथै तथ्याङ्क उपलब्ध गराउन थालिसकेको छ।

सन् 2016 को डिसेम्बर महिनामा चीनले फङ युन नम्बर चार ए नामक गतिशील जलवायु उप-ग्रह सफलताका साथ प्रक्षेपण गरेको थियो। हालसम्म चीनले सोह्र वटा फङ युन जलवायु उप-ग्रह सफलताका साथ प्रक्षेपण गरिसकेको छ। तीमध्ये नौ वटा कक्षमा चलिरहेका छन्। प्राप्त जानकारी अनुसार,फङ युन जलवायु उप-ग्रहलाई विश्व जलवायु सँगठनले विश्व जलवायु उप-ग्रहको श्रृंखलामा राखेको छ। फङ युन जलवायु उप-ग्रहहरु विश्वमा पृथ्वीको अवलोकन प्रणालीको महत्वपूर्ण सदस्य बनेका छन् र तिनीहरुले विश्वका सत्तरी वटा भन्दा बढी मुलुक तथा क्षेत्र तथा चीनका दुई हजार पाँच सय भन्दा बढी ग्राहकलाई विविध सामाग्री तथा डाटा उपलब्ध गराइरहेका छन्।

जानकारी तथा लेखहरु