फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङद्वारा पैचिङ विश्वविद्यालयको निरीक्षण

(GMT+08:00) 2018-05-02 19:28:24
मे चारमा युवा दिवस परेकोले र पैचिङ विश्वविद्यालय स्थापनाको 120 औँ वार्षिकोत्सव नजिकिंदै गएको परिप्रेक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै पैचिङ विश्वविद्यालयको निरीक्षण गर्नुभएको छ।

निरीक्षणको क्रममा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तर्फबाट पैचिङ विश्वविद्यालयका सबै कर्मचारी, पैचिङ विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएका देशविदेशका पुर्व सहपाठीहरू, विभिन्न जातजातिका युवा-युवतीहरू र देशभरि युवासम्बन्धित् क्षेत्रमा कार्यरत् समस्त कर्मचारीहरूलाई युवा दिवसको हार्दिक शुभकामना तथा अभिवादन व्यक्त गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चिनियाँ विशेषतायुक्त समाजवादलाई राम्रोसँग कायम राख्नुका साथै त्यसको राम्ररी विकास गर्ने कुरामा जोड दिनुभयो। चीनलाई समाजवादी आधुनिकीकरणको सशक्त मुलुकको रुपमा निर्माण गर्नु नै एक दीर्घकालीन कार्यभार भएको भन्दै विभिन्न पुस्ताका जनताले अथक प्रयास गर्नुपर्ने पनि उहाँले औँल्याउनुभएको छ। उहाँ यसरी भन्नुहुन्छ: युवा-युवतीहरूले चीन राष्ट्रको महान पुन:उत्थान कार्यलाई अघि बढाउने सशक्त पङक्तिमा संलग्न भएर देश र जनताको आशाको बहन गर्नुपर्छ।

विश्वविद्यालयले समाजवादी उत्तराधिकारीलाई हुर्काउने मुलभुत कर्तव्य बहन गर्ने, कक्षा चलाउने, सही र राजनीतिक दिशालाई कायम राख्ने, उच्च गुणस्तरीय शिक्षक-शिक्षिकालाई हुर्काउने, उत्कृष्ठ विद्यार्थीलाई तालिम दिने प्रणालीको स्थापना गर्ने र सक्दो प्रयासमार्फत चिनियाँ विशेषता बोकेको विश्वको पहिलो स्तरीय विश्वविद्यालयको निर्माण गर्ने आह्वान पनि उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु